
काठमाडौं, असोज ३० । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरीजवान (जनपद) पदका लागि पाँच हजार २२७ जनाका लागि खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।
प्रहरीजवान पदका लागि महानगरीय प्रहरी परिसरहरु (काठमाडौं, भक्तपुर र ललितपुर), सातओटै प्रदेश प्रहरी तालिम केन्द्रहरु (विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल) तथा ७७ ओटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाइएको छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।
उक्त भर्ना सम्बन्धी विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
साथै, भर्नासम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनोट महाशाखाको फोन नम्बर ०१-४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्