१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा कोभिड-१९ का संक्रमित ८० लाख पुगे


0
Shares

न्यूयोर्क, कात्तिक १ । अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ८० लाख पुगेको छ ।

अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार ४०२ पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी, यस संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।

उक्त विश्वविद्यालयकाअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि दुई लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् ।