७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो


0
Shares

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ ।

यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घन्टामा ६५ हजार १२६ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ ।

अझैपनि भारतभरि सात लाख ९५ हजार ५३ व्यक्ति सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको संक्रमण देखापरेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना संक्रमित व्यक्तिहरु कोरोनाभाइरसमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको संक्रमण देखापरेयता भारतमा नौ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोनाभाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर)ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाखभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कुल संक्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७६५ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।