
काठमाडौं, कात्तिक १ । बडादसैंको मुख्य विशेषता भनेको पारिवारिक जमघट हो । तर, यतिबेला कोरोना महामारीको जोखिम उच्च विन्दुमा पुगेको छ ।
फेरिपनि मानिसहरु परिवारसँगको भेटका लागि यात्रामा निस्कन थालेका छन् । यसले संक्रमणको जोखिम बढाउने चिन्ता थपिएको छ ।
दसैं भन्नेबित्तिकै धेरैका मनमा आउने एउटै कुरा हो, पारिवारिक जमघट, मीठो परिकार खाने, नयाँ लुगा लगाउने र रमाइलो गर्ने ।
कोरोना महामारीले गर्दा गाउँ-घरदेखि सहर–बजारसम्म विगतका वर्षहरुजस्तो चहलपहल नभएपनि चाडपर्वको मोह त घट्ने भएन नै ।
कोरोना महामारीको बीच पनि धेरै व्यक्ति आफ्नो परिवारलाई भेट्न घर जान सुरु गरिसकेका छन् । बजारमा पनि केही भिड देख्न सकिन्छ । तर, त्यो अहिलेको अवस्थामा भने घातक सावित हुनसक्छ ।
काठमाडौंमा बढ्दो संक्रमण नियन्त्रणमा आउने संकेत नदेखिँदा देखिएको भिडभाडले आगामी दिनमा अझ जोखिम बढ्ने खतरा देखिएको छ ।
व्यक्ति दसैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण बोकेर हिडिँरहेकोसमेत हुनसक्छ ।
स्वास्थ्य मन्त्रालयलेसमेत ‘स्वस्थ रहौं, उमंग बाँडौं, यो वर्ष सुरक्षाका साथ पर्व मनाऔं’ भने नारासहित सूचनाहरुसमेत सम्प्रेषण गर्न थालेको छ ।
भिडभाड, सभा-सम्मेलनबाट नै संक्रमण फैलने जोखिम भएकाले यस वर्ष ‘जहाँ छौं, त्यहीँबाट नै दसैं’ मनाउन आग्रह गरेको छ ।
दसैंको समयमा किनमेलसमेत निकै हुने गर्छ । जसका कारण पनि कोरोना सर्ने जोखिम उत्तिकै हुने भयो ।
दसैंको समयमा मासुजन्य सामग्री निकै प्रयोग गरिने गरिन्छ । जसमा पनि हामीले ध्यान नदिने र मात्रा नपुर्याइकन खाने, सुरक्षा नअपनाउने हो भने त्यसले थप अर्को समस्या निम्त्याउन सक्छ । जसका कारण अहिलेको समयमा सबै सतर्क हुन आवश्यक छ ।
संक्रमणको बढ्दो रफ्तार कहिले नियन्त्रण हुने कुनै टुंगो छैन । झन् चाडपर्वको माहोल सुरु भएसँगै यसले बढाउने जोखिमको सबैले हेक्का राख्न जरुरी छ ।
नेपालमा कोरोना संक्रमण समुदायस्तरमा नै गइसकेको र जोखिम वर्गमा समेत पुगेकाले आगामी दिन थप चुनौतीपूर्ण हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्