१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘उच्च रक्तचाप भएका व्यक्तिले विशेष ध्यान दिनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचाप हुने व्यक्तिमा कोरोना संक्रमण भयो भने जोखिम उच्च हुने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ ।

विश्व उच्च रक्तचाप दिवसको अवसरमा शनिबार मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले कोरोनाभाइरसको संक्रमण बढेका समयमा उच्च रक्तचाप भएका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालमा २४.५ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेतापनि ९ प्रतिशत व्यक्तिलेमात्र नियमित औषधि सेवन गर्ने गरेको अध्ययनले देखाएको छ ।

प्रमुख विशेषज्ञ श्रेष्ठले हाल ६० प्रतिशत व्यक्तिले कुनै न कुनै समय रक्तचाप परीक्षण गराउने गरेको तर ४० प्रतिशत व्यक्तिले एकपटक पनि रक्तपरीक्षण नगर्ने गरेको जानकारी दिनुभयो ।

खानपान, जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको भन्दै मन्त्रालयले ४० वर्ष उमेर कटेका व्यक्तिले समय-समयमा रक्तपरीक्षण गराउनसमेत आग्रह गरेको छ ।