१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापाका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द


0
Shares

झापा । कोरोनाको संक्रमण बढेपछि झापाका दुई वटा स्थानीय तहले अत्यावश्यक सेवाबाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

दसैंको मुखमा भीडभाड बढ्न सक्ने भन्दै बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

विद्युत्, खानेपान, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने तथा चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भीडभाड हुने सबै कार्य बन्द गर्न पनि स्थानीय तहले आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बजारमा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्दै सरकारद्वारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरीएको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाले पनि समुदायका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शंकर अस्पतालसहित नगरपालिकाको कामकाज अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।