
काठमाडौं, कात्तिक ३ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सुरु भएको छ ।
दुईदिनसम्म चल्ने बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समिति विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद् गठन, समायोजन र अन्य एजेन्डा तय गरिएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएपछि यो दोस्रो कार्यकारिणी समितिको बैठक हो । यसअघि, गएको साउन २१ देखि २४ गतेसम्म बैठक बसेको थियो ।
गएको वैशाख १० गते राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी गठन भएको थियो ।
एकता भएको लामो समय बितिसक्दा पनि समायोजन र कार्यविभाजनलगायतका कामहरुले पूर्णता पाउन सकेको छैन । जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ ।
प्रतिक्रिया दिनुहोस्