
काठमाडौं, कात्तिक ३ । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा ‘संकटकाल र कर्फ्यु लाग्छ’ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ’-मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्