१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विदेशनीति पुनरावलोकन गर्न भारतलाई चीनको आग्रह, अर्थतन्त्र मजबुद बनाउन सहयोग गर्ने


0
Shares

काठमाडौं । चीनले वैदेशिक लगानीसम्बन्धी नीति पुनरावलोकन गर्न भारतसँग आग्रह गरेको छ ।

चीन र भारतबीच सीमा स्वामित्वको विषयमा भइरहेको तनवनका कारण वैदेशिक लगानी भित्र्याउन कानुनी अड्चन रहेका भन्दै तत्काल सरकारी अनुमोदन हुने चीनले विश्वास लिएको जनाएको छ ।

आफ्नो देशले भारतमा हुने लगानीका लागि कडाइ गरिएको भन्दै चीनले यसले भारतीय अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।

चिनियाँ अर्थतन्त्रको तुलनामा पुनस्थापनाको लक्ष्यमा रहेको भरतीय अर्थतन्त्रमा उत्तरी छिमेकीको सहयोग सकारात्मक हुने बताइएको छ ।

कोरोना महामारी बढीरहेका बेला व्रदेशिक लगाानीमा रोक लगाउनु गलत भएको भन्दै चीनले अर्थतन्त्र मजबुद बनाउन भारतलाई महत्वपूर्ण अवसर रहेको जनाएको छ ।

भारतमा अहिलसम्मकै खराब आर्थिक संकुचनमा रहेको भन्दै अर्थतन्त्र सुधरका लागि व्रदेशिक लगानीसम्बन्धी नीति संशोधन गर्नुको विकल्प भारतसामु नरहेको टिप्पणी गरेको छ ।

गत अप्रिल महिनाको तथ्यांकअनुसार भारतमा २३ दशमलव ९ प्रतिशतले आर्थिक संकुचन भएको थियो ।(एजेन्सी)