
कैलाली । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय मीटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा गाडिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
उहाँले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिनुभयो ।
गत शनिबार प्रहरी सहायक निरीक्षक बिकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।
विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेको बयान प्रहरी समक्ष दिएपछि प्रहरीले खोजतलासलाई तिव्र पारेका थिए ।
उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्