१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधुवनमा ‘बोर्डर आउट पोस्ट’


0
Shares

बर्दिया, कात्तिक ४ । बर्दियाको मधुवन नगरपालिका भगरैयामा सशस्त्र प्रहरी बल सीमा नेपाल ‘बोर्डर आउट पोस्ट’को स्थापना गरिएको छ ।

पोस्टको लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी सहायक महानिरीक्षक किशोर प्रधानले उद्घाटन गर्नुभएको हो ।

सीमा क्षेत्रमा बढ्दै गएको जंगली जनावरहरुको आतंक तथा सीमा सुरक्षाका लागि मधुवन नगरपालिकाको पहलमा पोस्टको स्थापना गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभएको छ ।

बोर्डर आउट पोस्टको स्थापनापश्चात् आफूहरुलाई राहत हुने भन्दै स्थानीय हर्षित भएका छन् ।