
नेता कृष्णप्रसाद सिटौला (बीचमा) ।
ताप्लेजुङ, कात्तिक ४ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको वर्तमान सरकार क्षमताविहीन रहेको बताउनुभएको छ ।
मंगलबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेर फर्कनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको बताउनुभएको हो ।
संस्थागत भ्रष्टाचार नियन्त्रण, संविधान कार्यान्वयन, महामारी नियन्त्रणलगायतका गतिविधिमा सरकार प्रभावकारी बन्न नसकेको उहाँको आरोप छ ।
संक्रमण बढ्दै गएको अवस्थामा उपचार र संक्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उहाँले उल्लेख गर्नुभयो ।
अर्को एक प्रसंगमा नेता सिटौलाले महाधिवेशनबाटै पार्टीभित्र देखिएको विभाजनलाई अन्त्य गरेर कांग्रेस अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्