१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियाको लागोसमा प्रहरीको दमनविरुद्ध प्रदर्शन,२० जनाको मृत्यु


0
Shares

काठमाडौं । नाइजेरियाको लागोस शहरमा प्रहरीको दमनविरुद्ध चर्किएको प्रदर्शनमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागि ५० भन्दा बढी घाईते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एम्नेष्टीले पनि घटनामा भएको हताहतिबारे विश्वासिलो रिपोर्ट प्राप्त गरेको जनाएको छ ।

अधिकारीहरुले भने गोलीकाण्डको छानबीन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटना पछि लागोस र आसपासको क्षेत्रमा अनिश्चितलकालीन कफ्र्यू लगाइएको छ ।

लागोसमा विगत दुई हप्तायता प्रहरीको स्पेशल एन्टी रोवरी स्क्वाड युनिटको ज्यादतीविरुद्ध सडक प्रदर्शन भैरहेको छ ।

राष्ट्रपति महोम्मद बुहारीले अहिले यो यूनिट भंग गर्नुभएको छ ।(एजेन्सी)