२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपा नेपालको संघीय परिषद अध्यक्षमा डा बाबुराम भट्टराई, केन्द्रीय समिति ८ सय १ सदस्यीय


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ ।

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि हिजो पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताउनुभयो ।

यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ ।

त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताउनुभयो ।

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारित नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासिनता देखाएको भन्दै विरोध समेत गरेको छ ।

यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उहाँको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरु समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।