१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता


0
Shares

तेह्रथुम । छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

कोरोना महामारीका कारण बैंकसम्म पुग्न जोखिम हुने भएकाले उनीहरुलाई घर घर पुगेर भत्ता बितरण गरिएको गाउँपलिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

वडाध्यक्ष र वडा सचिवको रोहवरमा उनीहरुलाई भत्ता वितरण गरिएको हो । घरमै भत्ता पाएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् ।