
काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समायोजन प्रक्रिया टुंगो लगाउन विभिन्न कार्यदल गठन गरेको छ ।
समायोजन सहजीकरण गर्न बनेको कार्यदलमा प्रदेश नम्बर-१ मा परशुराम खापुङ, परशुराम बस्नेत, मनिष सुमन र केशव झा, प्रदेश नम्बर-२ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित, वाग्मती प्रदेशमा गंगानारायण श्रेष्ठ, बृषेशचन्द्र लाल, अकवाल अहमत शाह र रणध्यवज कन्दङ्वा छन् ।
यस्तै, गण्डकी प्रदेशमा हेमराज राई र रमेश यादव, लुम्बिनी प्रदेशमा नवराज सुवेदी, इस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरीलाई जिम्मा दिएको छ भने कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोब, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई जिम्मा दिएको छ ।
यसैगरी, भातृसंगठन तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, केशव झा, मनिष सुमन, उमाकान्त झा, बृषेशचन्द्र लाल र दुर्गा सोब रहेका छन् ।
यस्तै, गैर–भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव र राजकिशोर यादव रहेका छन् ।
प्रवेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादवलाई जिम्मा दिएको छ ।
यसैगरी, पहिचानमा आधारित राष्ट्रिय समितिहरु समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ, रणध्वज कन्दङ्वा, अरवल अहमत शाह, सुनील रोहित र केशव झा रहेका छन् ।
सोमबार र मंगलबार दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश समायोजन यही कात्तिक २५ गते, स्थानीय तहको मंसिर १५ गते, जिल्ला समन्वय र निर्वाचन क्षेत्र मंसिर ३० गते र जनवर्गीय संगठनलगायतको समायोजन मंसिर मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्