
पर्वत, कात्तिक ५ । पर्वतको एउटै पालिकामा एकैपटक १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
उत्तरी पर्वतको जलजला गाउँपालिकामा बुधबार एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । पर्वतमा एकैपटक यति धेरै संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लमा संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकाहरुको ‘पीसीआर’ परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १४ जना पुरुष र दुई महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १२ देखि ८४ वर्ष उमेरसम्मका रहेका छन् ।
योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्