२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


0
Shares

चितवन, कात्तिक ५ । चितवन मेडिकल कलेजमा उपचाररत् ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर-१३ निवासी पुरुषको मृत्यु भएको हो ।

गएको असोज २३ गते अस्पताल भर्ना हुनुभएका पुरुषमा सोही दिन कोभिड-१९ पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

क्यान्सर रोगका समेत बिरामी रहनुभएका उहाँको कोभिड ‘आईसीयू’कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

बुधबार अपराह्न ४ बजेर २८ मिनेटमा उहाँको मृत्यु भएको अस्पतालका निर्देशक लम्सालले बताउनुभयो ।