
बर्दिया । बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ परेकी छन् ।
सशस्त्र प्रहरी बलको ३१ नं गणको टोलीले विशेष सुचनाका आधारमा गुलरिया नगरपालिका–१ स्थित एक घरमा रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुलेकी निर्मला बाँठा मगरलाई पक्राउ गरेको हो ।
शरीरमा बेरेको साढे पाँच किलोग्राम अफिम, झोलामा लुकाएको ५ किलो चरेश र १३ किलोग्राम अफिम फेला परेको बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर रावतले जानकारी दिनुभयो ।
निर्मलासंग रहेका अन्य फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्