१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा भेण्टिलेटर र आइसियुसहितको कोभिड अस्पताल सञ्चालनमा


0
Shares

सिन्धुली । सिन्धुलीमा कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

सरकार र समुदायको साझा प्रयासबाट करिव २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्माण गरिएको कोभिड अस्पतालमा भेण्टिलेटर र आइसियु कक्षको समेत प्रबन्ध गरिएको छ ।

अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरिएको छ ।

कोभिड अस्पताल सञ्चालनमा आएसँगै सदरमुकाम सिन्धुलीमाडीमै पीसीआर परीक्षण गर्ने समेत तयारी थालिएको अस्पतालले जनाएको छ ।