७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कैलालीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते


0
Shares

कैलाली । कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–१ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार दुई जना घाइतेको उपचार भैरहेको छ । यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–४ निमुवा बोझीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा लम्की चुहा नगरपालिका–९ की ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ ।

एक जना घाईते भएका छन् । यता कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।