
काठमाडौं, कात्तिक ६ । महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित बिहीबार एकजना ‘कारोबारी’लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी घर भइ काठमाडौंको कपनमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् ।
गैंडाको खागको कारोबार भइरहेको सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको चुच्चेपाटी, पासाङल्ह्यामु चोकबाट उनलाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत् आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्