१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कस्तुरीको बिनासहित काठमाडौंबाट दुईजना समातिए


0
Shares

काठमाडौं, कात्तिक ६ । प्रहरीले प्रतिबन्धित कस्तुरीको बिनासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-८, चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६ वर्षीय राजकुमार लामा छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको दरबारमार्गबाट उनीहरुलाई नियन्त्रणमा हो ।

बिहीबार दिउँसो कस्तुरीको २७ ग्राम बिनासहित उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

कस्तुरीको बिना अवैधरुपमा बिक्री-वितरणका लागि लुकाइ-छिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान टोली खटिएको थियो ।

उनीहरुको साथबाट विभिन्न कम्पनीका चारथान मोबाइलहरुसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।