
चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई हिजो राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
भर्ना गरिएको १५ मिनेटमै ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्