
काठमाडौं । बडादशैंको बेला काठमाडौं बसन्तपुरस्थित जीवितदेवी कुमारीको दर्शन गर्न सकिने ब्यबस्था गरिएको छ ।
आज(शनिबार)देखि कोजाग्रत पुर्णिमासम्म हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म भौतिक दुरी कायम गरी कुमारीको दर्शन गर्ने ब्यबस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनुभयो ।
पाटनकी गणकुमारी सार्वजनिक रुपमा प्रस्तु नहुने यद्दपी बडादशैंको टीकाको एकदिन मात्र सर्वसाधारणले दर्शन गर्न पाउने भएका छन् ।
भक्तपुरकी एकान्तकुमारी भने घरमै रहने र कसैलाई दर्शन गर्न नदिने बताइएको छ । एकान्तकुमारीको पुजन भने गुठियारले मात्रै गर्न पाउने छन् ।
यसअघीका बर्षहरुमा दशैंका बेला तीनै जिल्लाका कुमारीहरु सर्वसाधारणको दर्शनका लागि सार्वजनिक रुपमा प्रस्तुत हुने गरेकोमा कोरोना महामारीका कारण यो बर्ष यस्तो ब्यबस्था गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्