
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।
डा.भट्टराई सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले ट्वीटरमा लेख्नु भएको छ ।
चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने जानकारी पनि डा.भट्टराईले दिनुभएको छ ।
‘केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।’ डा. भट्टराईको ट्वीटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्