
मोरङ, कात्तिक ८ । विराटनगरमा शनिबार थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत् इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो ।
त्यस्तै, निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो ।
दुवैजनाको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्