
काठमाडौं, साउन १ । वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कारबाट सम्मानित भएका छन् ।
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा शर्मालाई सम्मान गरेको हो । शर्मालाई प्रतिष्ठानले ५० हजार राशीको पुरस्कार प्रदान गरेको छ ।
१९९१ असार ९ गते इलाममा जन्मिएका शर्माले नेपाली साहित्यमा अमूल्य योगदान पुर्याएका छन् । उनले निबन्ध, कथा, उपन्यास र पाठ्यपुस्तकहरु लेखेका छन् ।
झर्रोवादी आन्दोलनका अग्रणी शर्माको कृति ‘बेलाईततिर बरालिँदा’ले मदन पुरस्कार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्