१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुभिन्डोको माग कम, मूल्य पनि घट्यो


0
Shares

काठमाडौं, कात्तिक ९ । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमका कारण मठ-मन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा पशुबलि नदिनेहरुले कुभिन्डोको बलि दिने चलन छ ।

तर, भक्तालुहरुका लागि मठ-मन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिन्डोको माग घटेको छ ।

खासगरी नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशुबलि नदिनेहरुले कुभिन्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ ।

तर, यस वर्ष कोभिड-१९ संक्रमणका कारण मठ-मन्दिरलगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिन्डोको माग घटेको छ । माग घटेपछि मूल्यपनि घटेको छ ।

गत वर्ष एउटा कुभिन्डो झन्डै ४०० रुपैयाँमा बिक्री भएको तर यस वर्ष १०० देखि १५० रुपैयाँमा पनि बिक्री हुन नसकेको व्यापारीहरुले बताएका छन् ।