
झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ ।
मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो ।
आठ बिघा क्षेत्रफलमा फैलिएको होटलमा १०५ ओटा कोठाहरु छन् ।
भारतको वागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा रहेको होटलले ४० प्रतिशत नेपाली र ६० प्रतिशत भारतीय नागरिकलाई प्रत्यक्ष सेवा दिने भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिनुभयो ।
होटलमा नेपालकै ठूलो क्यासिनो सञ्चालन गरिने र भारतलगायत तेस्रो देशका पर्यटकलाई आर्कषित गर्ने योजना रहेको छ ।
क्यासिनो सञ्चालनमा आएपछि करिब एक हजारभन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । आर्थिक समस्याकाबीच पनि होटल सञ्चालनमा आउँदा स्थानीयले रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्