१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेस्टर सिटीसँग आर्सनल पराजित, साउथह्याम्पटनले एभर्टनलाई हरायो


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा आसर्नलले लगातार दोस्रो हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग एक शुन्यले पराजित भयो । जितसँगै लेस्टर लिगको शिर्ष चारमा उक्लिएको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लेस्टरको जितमा एकमात्र गोल जिमी भार्डीले गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यता घरेलु मैदानमा आर्सनलले पुरै खेलमा तीन वटा उत्कृष्ट मौका पाएका थियो । जसमा दुई पटक पिएरी अबामयाङ चुक्न पुगे ।

यो जितपछि लेस्टरले ६ खेलमा १२ अंक बनाएको छ । आर्सनलको भने नौ अंक छ । पछिल्ला पाँच खेलमा आर्सनलको यो दोस्रो हार हो ।

यतिमात्र होइन उसले प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ । उसले अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग एक शुन्यको हार ब्यहोरेको थियो ।

गएरातिकै अर्को खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सिमित एभर्टन साउथह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३५ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई २–० को जित दिलाए ।