
काठमाडौं । स्पेनमा कोरोना महामारी पुनः फैलंदै गएपछि राष्ट्रिय आपतकाल घोषणा गर्दै रातको समयमा कर्फ्यूआदेश जारी गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरिएको जानकारी दिनुभएको छ ।
आपतकालभर स्थानीय अधिकारीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
बर्षको शुरुमा देशमा लकडाउन लागू गरेको स्पेनमा झन–झन कोरानाको महामारी फैलिएपछि पुनः देश लकडाउनको स्थितीमा आउन सक्ने संकेत समेत प्रधानमन्त्री पेद्रोले गर्नुभएको छ ।
जाडोयाम शुरु हुने बितिकै युरोपका कयौं राष्ट्रहरुमा कोराना महामारी झन भयावह बन्दै गएपछि नियन्त्रणका लागि लकडाउन घोषणा गरिइसकेको छ ।
इटलीमा एक साताको लागि बिभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा भैसकेको छ ।
यता फ्रान्समा पनि कोरोना संक्रमण बढ्दै गएपछि रातको १० बजेपछी रेष्टुराँ र पबहरु खोल्न नपाइने नियम लागू गरिएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ५२ हजार १० बढी संक्रमित थपिएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्