
काठमाडौं, कात्तिक १० । ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले काठमाडौंको खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।
गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।
लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टिमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर उक्त टिमले सरकारको कमी पूरा गरेको सर्वसाधारणले बताएका छन् ।
हाम्रो टिमलगायतका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ ।
हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमा-बुवाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्