१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई टीका


0
Shares

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यलाई पनि राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअघि, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उहाँकी धर्मपत्नी राधिका शाक्यलाई दशैंको टीका लगाइदिनुभएको थियो ।

प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामै रहनुभएकाले प्रधानमन्त्री ओलीले यस वर्ष बुवाको हातबाट दशैंको टीका लगाउन पाउनुभएन ।