१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुसहर समुदायमा खाद्यान्न संकट


0
Shares

नवलपुर, कात्तिक १० । नवलपुरका विपन्न माझी मुसहर समुदायमा खाद्यान्न संकट पर्न थालेको छ ।

लगातारको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यो समुदायका व्यक्तिले काम नपाएपछि खाद्यान्न समस्या पर्ने देखिएको हो ।

कोरोनाका कारण रोजगारी गुमाएपछि उनीहरुमा आर्थिक संकटमा परेका छन् ।

ज्यालादारी गरेर परिवार पाल्दै आएकी देवचुली नगरपालिका-२ की श्रीदेवी परियारले काम नपाउँदा भोकमरी लाग्न थालेको बताउनुभयो ।