
काठमाडौं, कात्तिक १० । काठमाडौंको मरु गणेशको खटजात्रा यस वर्ष नहुने भएको छ ।
कोरोना महामारीका कारण सोमबार विजयादशमीका दिन गणेशको चाँदीको मूर्तिमा विशेष पूजा गरिएपनि मंगलबार (भोलि) नगर परिक्रमा गर्ने खटजात्रा रोकिएको हो ।
सोमबार चाँदीको मूर्तिलाई मन्दिरमा राखिएको छ भने भोलि खटमा राखेर नगर परिक्रमा नगरिकन मूलघरमा लैजाने जनाइएको छ ।
कोरोना महामारीकै कारण उपत्यकामा हुने खड्गजात्रा पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्