
काठमाडौं, कात्तिक १० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप १,७४१ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १,७४१ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ८९४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १,५९,८३० पुगेको छ ।
थप ४,००५ जना कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभर ४,००५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १,१५,६७५ पुगेको मन्त्रालयले जनाएको छ ।
४३,२९३ सक्रिय संक्रमित
हाल सक्रिय संक्रमितको संख्या ४३,२९३ रहेको छ । उपत्यकामा मात्रै २२,३२९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा ५,००६ जनाको ‘पीसीआर’ परीक्षण गरिएको छ ।
२८५ जना ‘आईसीयू’मा
हाल देशभर २८५ जना संक्रमितको ‘आईसीयू’मा उपचार भइरहेको छ भने ६४ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्