१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त


0
Shares

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त हुनुभएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा डोनाल्ड ट्रम्पले सिफारिसमा पर्नुभएकी ब्यारेट न्यायाधीशमा नियुक्त हुनु भएको हो ।

सिनेटमा ब्यारेटको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो । एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटको पक्षमा मतदान गरेका थिए ।

४८ वर्षीया ब्यारेटलाई ह्वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने भएका छन् ।

रिपब्लिनकले एक कार्यकालमा नियुक्त गरेकी ब्यारेट तेस्रो न्यायाधीश बन्न पुगेका छन् । एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६÷३ को बहुमत भएको छ ।

माथिल्लो सदनले एमीको नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिनुभएको छ ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् ।

उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने गरेको छ ।(एजेन्सी)