
काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि कोरोना प्रोटोकोल उल्लंघन गरेको बिषयमा अनुसन्धान शुुरु भएको छ ।
पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।
तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएको बिषयमा अनुसन्धान हुन लागेको हो ।
रोनाल्डो हाफ्नो निजी जेटमार्फत टुरिन फर्किएपछि इटालियन खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले रोनाल्डोको कोरोना भाइरस प्रोटोकोल उल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।
युभेन्टस् स्ट्राइकर रोनाल्डोले कोरोना भाइरस प्रोटोकोललाई बेवास्ता गरेपछि कानुनी आरोपविरुद्ध लड्नुपर्ने हुन सक्ने जनाइएको छ ।
रोनाल्डोलाई ९ दिनपछि गरेको कोरोना परीक्षणमा पुन पोजेटिभ आएको छ ।
यसै कारण उनले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस महारथी क्लब बार्सलोनाविरुद्धको खेल गुमाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्