
काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र चितवनमा आज थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् । बुटवल १३ का ५२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।
तिलोत्तमा ११ की महिलाको गएराति मृत्यु भएको हो । त्यसैगरी चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।
प्रतिक्रिया दिनुहोस्