
फाइल तस्वीर ।
बारा, कात्तिक ११ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा मंगलबार भीषण आगलागी भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित उद्योगमा आगलागी हुँदा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो पौने ३ बजे सुरु भएको आगलागी करिब आधा घन्टापछि नियन्त्रणमा लिइएको थियो ।
कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागीमा उद्योगमा काम गर्ने २३ वर्षीय भारतीय नागरिक सतिशकुमार महतो घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्