
प्रतीकात्मक ।
काठमाडौं, कात्तिक ११ । प्रहरीले लागुऔषधसहित काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-२, अमृतगन्ज बस्ने २४ वर्षीय आदित्य कुशवाह रहेका छन् ।
मंगलबार बिहान चन्द्रागिरि नगरपालिका-२, नागढुंगाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४८६ एम्पुल र नुर्फिन ४१४ एम्पुलसहित कुशवाहलाई प्रहरीले पक्रेको हो ।
कलैयाबाट काठमाडौं आउँदै गरेको बा६ख १५३७ नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार कुशवाहलाई उक्त परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्