
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १२ । दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल आयो ।
कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको बजारमा डेढ नबज्दै २५ अंकको सुधार आयो भने कारोबार पनि डेढ अर्ब हाराहारी नै पुग्यो ।
नेप्से २५ अंकले उकालो लागेर १६ सय ३२ पुग्यो । जलविद्युत् र उत्पादनमूलक समूहबाहेक अरु सबै समूह उकालो लोगका छन् ।
दशैंपछिको कारोबारमा बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । वाणिज्य बैंक समूहमा ३ प्रतिशत बढी अर्थात् ३८ अंकको वृद्धि आएको छ । विकास बैंक समूहमा पनि डेढ प्रतिशत अर्थात् ३५ अंकको वृद्धि आएको छ ।
जीवनबिमा समूह ५२ अंकले उकालो लागेको छ ।
२ बजेसम्म नेप्सेमा १८० कम्पनीको ५२ लाख बढी कित्ता सेयर एक अर्ब ५७ करोडमा किनबेच भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्