
डडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा अस्पतालमा ‘आईसीयू’ सेवा नहुँदा कोरोना संक्रमित बिरामी थप जोखिममा परेका छन ।
जिल्लामा कोरोनाको जोखिम बढेसँगै गम्भीर समस्या भएका संक्रमित बिरामीका लागि आईसीयू सेवा अस्पतालमा नभएपछि प्रादेशिक अस्पताल धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ ।
संघीय सरकारले डडेल्धुरा अस्पताललाई आईसीयू र भेन्टिलेटरका लागि छुट्ट्याएको तीन करोड रुपैयाँ रकमबाट उपकरण खरिदका लागि टेन्डर आह्वान गरिसकेपनि उपकरण आउन केही महिना लाग्ने अस्पताल विकास समितिले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा आईसीयूमात्र नभइ भेन्टिलेटर पनि छैन ।
अस्पतालमा कोरोना उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीको विशेष टोली नभएपछि समाजसेवीहरुले एम्बुलेन्स खोजेर बिरामीहरुलाई उपचारका लागि बाहिरी जिल्ला पठाइरहेका छन् ।
डडेल्धुरामा लगभग चार महिनामा २० हजार ३८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार २६६ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्