
दैलेख, कात्तिक १२ । दैलेखमा एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छजना पक्राउ परेका छन् ।
नौमुले गाउँपालिका-१, राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको हत्या गरेको आरोपमा मंगलबार राति प्रहरीले छजनालाई पक्रेको हो ।
मंगलबारै बेलुका भबिन्द्रलाई ती व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धानका क्रममा छजनालाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्