
कैलाली, कात्तिक १२ । कैलालीको गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।
मंगलबार राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउद, ४२ वर्षीय रामबहादुर साउद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउद रहेका छन् ।
उनीहरूलाई नगद दुई लाख २३ हजार ५०० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्