
मोरङ । मोरङ प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) छन् ।
उनीहरुलाई हिजो मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् ।
यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट भरुवा बन्दुक १ थान, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा, पार्टीको दस्तावेज र अन्य बन्दोबस्तीका सामग्री बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्