
चितवन, कात्तिक १३ । घटस्थापनादेखि विजयादशमीको एकादशमीसम्म अर्थात् कात्तिक १ देखि ११ गतेसम्म चितवनमा मात्रै १० ओटा सडक दुर्घटना भएका छन् ।
उक्त दुर्घटनामा १६ ओटा सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकुष्ण भट्टले जानकारी दिनुभयो ।
उहाँकाअनुसार १६ ओटा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै पुरुष रहेका छन् ।
घटस्थापना र फूलपातीका दिन दुई/दुईओटा दुर्घटना भएका छन् । दुर्घटना हुने सवारीमा मोटरसाइकलको संख्या धेरै छ । जसमा १० ओटा मोटरसाइकल, तीनओटा बस रहेका छन् । जिप कार, ट्याक्टर र ट्रक एक/एकओटा रहेका छन् ।
ती दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्