१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जो’


0
Shares

काठमाडौं, कात्तिक १३ । कोरोनाभाइरसलगायतको संक्रमणहरुबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न अभियन्ताहरुले सल्लाह दिएका छन् ।

गुर्जो प्रयोगमा लागेका अभियन्ता कमलबहादुर राजलवटले बिहीबार ईमेज च्यानलका सञ्चारकर्मीहरुलाई गुर्जो बोट र गुर्जो मिश्रित आयुर्वेदिक औषधि वितरण गर्दै उक्त सुझाव दिनुभएको हो ।

उहाँले रोगप्रतिरोधात्मक क्षमता बढाउनका साथै नसा, पाचनक्रिया, मधुमेह र उच्च रक्तचापको लागिसमेत गुर्जो हरेक दिन प्रयोग गर्न सल्लाह दिनुभयो ।

हालसम्म व्यक्तिगतरुपमा नै एक लाखभन्दा बढी गुर्जो बोट वितरण गरिसकेको उहाँको दाबी छ ।