
वीरगन्ज, कात्तिक १३ । वीरगन्जका निजी विद्यालयहरु बिहीबारदेखि खुलेका छन् ।
८ देखि १० कक्षासम्मको अध्ययन-अध्यापन आजदेखि सुरु गरिएको हो ।
मास्क लगाएर विद्यालय आएका सबै विद्यार्थीहरुलाई मूलगेटमै स्यानिटाइज गरेर बिहीबारदेखि वीरगन्जका दुई दर्जनभन्दा बढी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
वीरगन्ज महानगपालिकाको अनुमतिअनुसार बिहीबारदेखि विद्यालयहरु खुलेको नगरप्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
अभिभावकहरुको सहमतिमा मास्कसहितको समाजिक दूरी अपनाएर कक्षा सञ्चालनको अनुमति दिएको उहाँको भनाइ छ ।
निजी तथा सरकारी सबै विद्यालयमा कक्षा-८ देखि १० सम्म पठनपाठन सुरु गरिएको र त्यसको महानगरपालिकाले लगातार अनुगमन तथा निरीक्षण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्